रास्वपा पर्वतमा पुन निर्वाचित

पर्वत, २४ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित हुनुभएको छ ।

दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिनुभएको छ । यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सागर भुसालले जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिनुभयो । अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागी थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन यसअघि भइसकेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।