एआई प्रयोग गरेर प्रहरीको बदनाम गर्ने युवक पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी प्रहरीको बदनाम गर्ने कार्यमा संलग्न एक युवक पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार जेठ १९ गते कमलामाई नगरपालिका–७ स्थित बिपी राजमार्गअन्तर्गत गडौली पुल नजिक सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको समयमा खिचिएको फोटो तथा भिडियो एआईको प्रयोग गरी परिमार्जन गरिएको पाइएको हो ।

त्यसरी सम्पादित सामग्री फेसबुकमार्फत सार्वजनिक गर्दै प्रहरीको छवि धुमिल पार्ने कार्यमा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका–१ का २१ वर्षीय हर्कबहादुर स्याङ्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका स्याङ्तानलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको मोबाइल फोन पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमा आउने सामग्रीलाई बिना पुष्टि शेयर, कमेन्ट वा आधार बनाएर समाचार सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।