कालिका मन्दिर परिसरमा वृक्षरोपण

ढोरपाटन (बागलुङ), २२ जेठ: बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा बागलुङको कालिका मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।

मन्दिर परिसरमा कल्की फूल, अमला, तेजपात, कपुरलगायत जडीबुटीका झण्डै १०० औषधीय गुण भएका बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालयको अगुवाइमा धार्मिक महत्त्व तथा पर्यावरणलाई सन्तुलित राख्ने उद्देश्यले विश्व वातावरण दिवसका सन्दर्भमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो । कालिका मन्दिरमा देश तथा विदेशबाट धार्मिक पर्यटक आउने गर्छन् ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले यहाँ लगाइएका बिरुवालाई हुर्काउने र संरक्षण गुठीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीले वृक्षरोपण गरेका हुन् । वन कार्यालयले मन्दिरको फोहर व्यवस्थापनका लागि २० थान डस्टबिन सहयोग गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।