बिहानै मदिराले मातेपछि…

बाजुरा, २१ जेठः बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।

घटना आज बिहानको हो । यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।