पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई

म्याग्दी, १९ जेठः दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।

विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सङ्घका अध्यक्ष धोजकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।