भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला, १९ जेठः जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।

स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।

यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिभेडाको न्यूनतम मूल्य रु १८ हजार पर्ने भएकाले आठ वटा भेडा मर्दा करिब रु दुई लाखको नोक्सानी भएको भेडापालक किसान अधिकारीको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।