निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित

गोरखा, १८ जेठः दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो ।

‘सम्भव छ नेपाल, मुटु जोगाउ’ काठमाडौँको समन्वय र त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो ।

यही जेठ १६ र १७ गते सञ्चालित शिविरमा मुटुरोगसम्बन्धी परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिएको थियो । मुटु जाँच गराएकामध्ये केहीमा बाथ, मुटुरोग, जन्मजात मुटुरोग तथा मुटुको नसा ‘ब्लक’ हुने जस्ता गम्भीर स्वास्थ्य समस्या रहेको पाइएकाले उनीहरुको थप उपचारका लागि व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।