सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती, १७ जेठः कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्ताैलाको मृत्यु भएकोे हो ।

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालकको शव चालस सिटमा नै भेटिएको उहाँले जानकारी दिनुभयो । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उहाँले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।