काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ४.८८ प्रतिशतले बढेको छ भने लक्ष्मी उन्नति कोषको शेयर ४.२९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ४.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको २४ करोड बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

