सालझण्डीस्थित ब्याटल स्कुलमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

स

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ ।

मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले मंगलबार अभ्यासको शुभारम्भ गरेका हुन्। मंसिर २२ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन् ।

अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा सैनिकहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्नेछन् ।

सन् २०१० देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यो अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । अभ्यासले दुई देशका सेनाबीचको सम्बन्ध, आपसी समझदारी र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।