एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

ए

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले शुक्रबार बैठक बोलाइएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

यस अगाडि शनिबार बैठक बस्ने तय भएको थियो । एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको छ । उक्त भेलाको तयारीका बारेमा पनि आज छलफल भएको उनले बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।