Category

राजनीति

र

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

सुभाष कायस्थ/न्युज कारखाना जनकपुरधाम, ७ असोज । प्रशासनिक खर्च घटाउन मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले एकीकृत गरेको डिभिजन कार्यालयहरु सञ्चालन प्रक्रिया अघि बढाइएको छ ।  मन्त्रालयअन्तर्गत छुट्टाछुट्टै रुपमा रहेका विषयगत डिभिजन कार्यालयहरूलाई एकीकृत गरी एउटै सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।  छुट्टाछुट्टै संरचना हुँदा...

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, ७ असोज । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले सामाजिक सञ्जालमा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीले निःशुल्क उपचार पाइरहेको भिडियो सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रभावकारी रहेको सन्देश दिन खोजेका छन् । तर, जिल्ला स्वास्थ्य कार्यालय रौतहटको वार्षिक समीक्षा प्रतिवेदनले भने नगरपालिकाको स्वास्थ्य क्षेत्रको समग्र तस्वीर त्यसको ठीकविपरीत देखाएको छ ।...

ऊर्जामन्त्री श्रेष्ठले संसद्‍मा भने- विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन (पूर्णपाठ)

न्युज कारखाना काठमाडाैं, ७ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न नसकिने बताएका छन् ।  बुधबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा श्रेष्ठले मन्तव्य दिएका हुन् । उनले भाेटेकाेशी बाढी प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट भएकाे बताए ।  ‘यो प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट हो ।...

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

काठमाडौं । जलवायु परिवर्तनका असमान र गम्भीर प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता र हिमालयसँग जोडिएको अस्तित्वमै चुनौती थपिएको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई थप संस्थागत, समन्वित र परिणाममुखी बनाउन शाखा स्थापना गरिएको हो । मन्त्रालयले जलवायु परिवर्तनका कारण देखिएका...

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोली र पर्सिको बैठकमा मोबाइल प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् । ओलीले आजको बैठकमा पनि सहभागी सबै केन्द्रीय सदस्यहरुलाई मोबाइल अफ गर्न निर्देशन दिएका छन् । साथै उनले बैठकमा मोबाइलबाट तस्वीर लिन र भिडियो खिच्न...

ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजदुत नियुक्तिमा सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले सरकारले हालै सिफारिस गरेका राजदुतहरु विभिन्न विकास साझेदार र आइएनजीओमा काम गरिरहेका रहेको उल्लेख गर्दै सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका हुन् । उनले अमेरिकाका लागि...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज बिहान सचिवालय बैठकका एजेण्डा पारित गरेपछि ललितपुरको भनीमण्डलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि ३-३ मिनेट समय उपलब्ध गराउने अध्यक्ष ओलीले बैठकमा जानकारी...

पाकिस्तानले अफगानिस्तानमा बमबारी गरेको तालिबानको दाबी, बदला लिने चेतावनी

काठमाडौं । अफगानिस्तानको तालिबान शासनले पाकिस्तानी सेनाले आइतबार राति कुनार र पक्तिका प्रान्तमा सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा बमबारी गरेको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनामा कुनारमा तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको बताएका छन् । मुजाहिदका अनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । घाइते हुनेमा दुई महिला र दुई पुरुष छन् । पक्तिका प्रान्तमा...

एमालेको केन्द्रीय कमिटीको बैठक शुरु हुदै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।  यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ । च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको...

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौं, ५ असाेज ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् ।  रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए । चापका बीच विद्युत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।