Category

राजनीति

पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई...

रञ्जु दर्शना भन्छिन्- रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले रोग, शोक र भोकका कारण बगेका आँसु कहिल्यै झुटो नहुने भन्दै सरकारलाई विपन्न नागरिकका पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दूध चुसाइरहेका...

राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएका चार वटा महत्त्वपूर्ण विधेयकले राष्ट्रपतिको प्रमाणीकरण पाएसँगै कानुनी कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाइएका चार विधेयक शुक्रबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार...

सरकारको खुट्टा भुइमा छैन, उम्लिएको दुध जस्तो छ- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् । ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ । विहिबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । सूचना प्रकाशित...

खुस्बु ओलीको रास्वपा सांसदहरुलाई ध्यानाकर्षण- तपाईँहरूको मौनता इतिहासको अभिलेखमा दर्ता हुदैछ !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति ठिक हो भने संसदमा अभिव्यक्ति दिन चुनौती दिएकी छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति रास्वपा सांसद मौन बसेको भन्दै यो मौनता इतिहासको अभिलेखमा...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन् । बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्न समय पाएका सांसदहरु हरिनादेवी कामी, यशोदा कुमारी बराल र भीम कुमारी बुढा मगरले प्रधानमन्त्रीले संसदमै आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ  । बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव...

प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण...

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

काठमाडौँ, २४ असारः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभयो । त्यसपछि...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।