Category

राजनीति

र

सांसद श्रद्धा कुँवरको प्रश्न- युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा तत्काल टुंग्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाका माग सम्बोधन नभएको भन्दै किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले भनिन्- ‘असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना...

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

न्युज कारखाना काठमाडौं, ८ असोज । एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । जारी केन्द्रीय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ । पार्टीको केन्द्रीय कमिटी...

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, ८ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । दुर्घटनामा घाइते कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादवको वीरगञ्जमा...

बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?

काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह हाल न्युयोर्कमा छन् । उनी बुधबार दिउँसो पुगेका थिए । न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा उत्रिँदा त्यहाँ उनलाई अमेरिकी अधिकारीले स्वागत गरेनन् । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपाली राजदूत र अन्य नेपाली अधिकारीहरुले प्रधानमन्त्री शाहलाई स्वागत गरे । तर सत्तारुढ रास्वपाका समर्थक...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड जम्मा

न्युज कारखाना काठमाडौं, ८ असोज । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हाल साढे १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ।  प्रधानमन्त्री कार्यालयका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात छ।  कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१...

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं 

न्युज कारखाना काठमाडौं, ७ असोज । एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकता बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएकी छन् । पार्टीको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधबार अध्यक्ष केपी ओलीको प्रतिवेदनमा आफ्ना धारणा राख्दै ढकालले फागुनको निर्वाचनले पार्टीलाई ठुलो धक्का दिएको र त्यसका पराकम्प अझै आइरहेको बताइन् । ढकालले स्थानीय तहको चुनावमा आउन सक्ने झन् ठुलो धक्काको...

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

न्युज कारखाना काठमाडौं, ७ असोज । सरकारको काम गराइप्रति सत्तारुढ रास्वपाकै सांसदहरू सन्तुस्ट देखिएका छैनन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले भोटेकोशी बाढीपछि उद्धार, राहत र प्रभावितको पुन:स्थापनामा सरकार चुकेको आरोप लगाए । रास्वपा सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको...

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

न्युज कारखाना काठमाडौं, ७ असोज । नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले...

भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने बताएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुलको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए । मन्त्री श्रेष्ठका अनुसार विभिन्न जलविद्युत्...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

Post Views: 100 29

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।