Category

विविध

विचारः असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

काठमाडौँ, ८ जेठ (रासस): यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ । सामान्यतया मार्चदेखि मेसम्मको (फागुन १६ देखि जेठ १५ सम्म) अवधि प्रि–मनसुन मानिन्छ, जुन समयमा सामान्यतया गड्याङगुडुङ गर्दै छोटो समयको वर्षा, हावाहुरी र केही दिनको अस्थिर मौसम देखिन्छ । तर, यस वर्ष भने मार्चको सुरुदेखि नै लगभग दैनिकजसो वर्षा भइरहेको छ र त्यो क्रम अझै पनि जारी छ । देशका धेरै भागहरूमा लगातार बादल...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ, ७ जेठः कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ, ७ जेठः तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेकोे सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ । हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय...

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

म्याग्दी, ७ जेठ : म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहिबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गर्नुभयो । “पूर्वाधारले प्रहरी कर्मचारीहरुलाई...

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौँ, ७ जेठ : मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ । सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ, ७ जेठः चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष...

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

गलकोट (बागलुङ), ७ जेठः बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । कानुन शिक्षा प्रवद्र्धन गर्न नगरपालिकाले तीन वर्षदेखि वार्षिक २० जनाका दरले छात्रावृत्तिमा अध्यापन गराउँदै आएको छ । प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरिरहे पनि कानुन विषयलाई प्रोत्साहन नगरिएको र विद्यार्थीको रोजाइमा समेत नपर्ने गरेको भन्दै नगरपालिकाले यस्तो नीति...

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौँ, ७ जेठ; नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन...

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

सिरहा, ७ जेठः सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले...

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी, ७ जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति/संस्था स्वयंले हटाउन निर्देशन दिएको हो । महानगरको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।