Category

अर्थ-व्यापार

यी हुन् करदाता प्रोत्साहनको दोस्रो पाक्षिक पुरस्कारका विजेता

काठमाडौँ । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ । भदौ १ गते मन्त्रालयको सुवर्ण हलमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको छनोट गरिएको हो । श्रावण १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको करदाता प्रोत्साहन योजनाअन्तर्गत गरिएको गोलाप्रथाबाट तुल पुडासैनी बम्पर विजेता बनेका छन् । उनको कुपन नम्बर...

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सयमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४७५५ मा कारोबार भइरहेको छ...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ११० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जना, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते...

विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् दिने सरकारको प्रयास रहेको बताए। उनले वर्षायाममा बढी हुने विद्युत्को...

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ११९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा १२ जना...

काभ्रेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार हाल नाम, थर र ठेगाना नखुलेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जना गम्भीर घाइते भएका छन्...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन बारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन...

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर तोलाको ४७७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी...

वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारसहित पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा संघले अघि सारेका अधिकांश माग नीतिगत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।