Category

अर्थ-व्यापार

अ

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो 

न्युज कारखाना काठमाडौं, ८ असोज । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार एक सय रुपैयाँमा झरेको छ। बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर चार हजार ६ सय ५० रुपैयाँमा झरेको...

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

न्युज कारखाना काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ८ गते साविककै आकारमा रंग परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।  नयाँ नोट वैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको छ । नोटको अग्र भागको मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल...

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार विहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।  उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरुसँग उच्च समन्वय...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी थालेको छ । हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार आयोजित बैठकले आवश्यक अध्ययन तथा कामलाई तीव्रता दिने निर्णय गरेको हो । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द...

बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार

न्युज कारखानाकाठमाडौं, ५ असोज । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतमा ५ प्रतिशत भ्याट लगाएको थियो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले बिजुलीमा उपभोक्तालाई लगाइएको ५ प्रतिशत भ्याट हटाउन सहमत भएका छन् । बजेटमा बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने उल्लेख भएपछि चौतर्फी आलोचना र विरोध भएको...

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

न्यूज कारखाना रौतहट, ५ असोज । गत आर्थिक वर्षको वित्तीय हिसाब मिलान हुन नसक्दा रौतहटका १२ स्थानीय तहको खाता सञ्चालन र चालु आर्थिक वर्षको पहिलो किस्ता निकासा प्रभावित भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का अनुसार स्रोतगत खर्चको विवरण नमिलेको, खर्च हुन नसकेको रकम फिर्ता नभएको तथा पुरानो वित्तीय विवरण मिलान बाँकी रहेकाले निकासा प्रक्रिया रोकिएको हो।जिल्लाका १८ स्थानीय तहमध्ये गौर...

डाटा हब प्रालिमा समस्या आएपछि आजका लागि सेयर कारोबार बन्द

काठमाडौं, ५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि सेयर कारोबार स्थगित गरेको छ।  ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि एक दिनका लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ। ७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा आइतबार बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। हालसम्म पूर्ण रूपमा समाधान हुन...

बेनी हाइड्रोपावर आइपीओ भोली बाँडफाँड हुदै

काठमाडौं । बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।  आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडका अनुसार भोली बिहान ९ बजे बाँडफाँड हुने भएको हो ।   कम्पनीले गत भदौ २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमा २३ लाख...

पाँच सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जानकारी दिएको छ । पहिलो चरणमा थोरै बचत रकम...

राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।