Category

अन्तर्राष्ट्रिय

अमेरिकाले करिब ६० देशका सामानमा नयाँ भन्सार शुल्क लगाउने

काठमाडौँ । अमेरिकाले करिब ६० वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार ती देशहरूले जबर्जस्ती श्रम रोक्न पर्याप्त कदम नचालेकाले यस्तो शुल्क लगाउन लागिएको हो । नयाँ भन्सार शुल्क १० देखि १२.५ प्रतिशतसम्म हुनेछ । यो शुल्क अमेरिकाका प्रमुख व्यापारिक साझेदार देशहरूमा लागू हुनेछ । यसमा भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा र...

राष्ट्रपति बनेपछि ट्रम्पको सम्पत्ति दोब्बर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक कारोबार र तीव्र रूपमा बढेको निजी सम्पत्ति फेरि एकपटक अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । सार्वजनिक भएको विवरणअनुसार राष्ट्रपति पद सम्हालेपछि ट्रम्पको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । यस वृद्धिको प्रमुख कारण डिजिटल मुद्रामा गरिएको लगानी र विदेशी बजारबाट भएको आम्दानीलाई मानिएको छ । फोर्ब्सको अर्बपतिहरूको सूचीअनुसार सन् २०१७ मा ट्रम्पको...

सोनम वाङचुकले तोडे अनशन

काठमाडौँ । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् । वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय...

अमेरिका-साउदी अरेबियाबीच ऐतिहासिक आणविक ऊर्जा सम्झौता

काठमाडौँ । अमेरिका र साउदी अरेबियाले नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौताले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको दीर्घकालीन सहभागिताको बाटो खोल्नेछ । अमेरिकी ऊर्जा विभागले यससँगै दुई देशबीच आणविक सुरक्षा तथा निगरानीसम्बन्धी अर्को द्विपक्षीय सम्झौतासमेत भएको जनाएको छ । यी...

फ्रान्समा किसानलाई विषादीको प्रयोगको अनुमति दिने विधेयक पारित भएपछि विवाद

काठमाडौँ । फ्रान्समा विवादास्पद कृषि विधेयकमा विवाद भएको छ । उक्त विधेयकमा यसअघि प्रतिबन्ध लगाइएका दुई प्रकारका विषादीको प्रयोगलाई अस्थायी रूपमा अनुमति दिने व्यवस्था समावेश भएपछि विवाद बढेको हो । वैज्ञानिकहरूले ती विषादी मौरी तथा परागसेचन गर्ने अन्य कीराका लागि हानिकारक हुने चेतावनी दिएका छन् । फ्रान्सको संसद्ले मङ्गलबार उक्त विधेयक पारित गरेको थियो । माथिल्लो सदनले २१४ मतको समर्थन र १११ मतको...

‘पेपर लिक’ घटनामा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गर्ने मोदीको घोषणा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पेपर लिक’ का घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गरिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले देशका युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । उनले प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय दिलाइने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि...

इरानसँगको युद्धमा अमेरिकाको ३७ अर्ब ५० करोड डलर खर्च

काठमाडौँ । अमेरिकाले इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार संसद्को सुनुवाइका क्रममा उक्त जानकारी दिँदै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका हुन् । हेगसेथका अनुसार हालसम्मको खर्चमा युद्ध सञ्चालनका विभिन्न गतिविधि र आगामी सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्चसमेत समावेश गरिएको छ । अमेरिकी राष्ट्रपति...

पाकिस्तानमा पेट्रोल पम्प बन्द

काठमाडौँ । पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनको निर्णय गरिएको हो । अखिल पाकिस्तान पेट्रोल पम्प सञ्चालक संघले दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने सरकारी व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने...

ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको ‘संसद मार्च’ का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर दिल्ली प्रहरीले भने बल प्रयोग गरिएको दाबी अस्वीकार...

अमेरिकी उपराष्ट्रपति जेडी भान्स पुनः बने पिता

काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी तथा अमेरिकाकी द्वितीय महिला उषा भान्सलाई पुत्र लाभ भएको छ। नवजात शिशुको नाम एलेक निल भान्स राखिएको छ । भान्स दम्पतीले सामाजिक सञ्जालमार्फत संयुक्त वक्तव्य जारी गर्दै यो खुसीको खबर सार्वजनिक गरेका हुन् । उनीहरूका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो छ । यो घटना अमेरिकी इतिहासमा विशेष मानिएको छ । पछिल्लो १५६ वर्षयता कार्यकालमै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।