Category

राष्ट्रिय समाचार

इन्जिनियर र लेखा अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । पुलको पुनः डिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोलीले...

प्युठानमा यात्रुबाहक जिप दुर्घटना, आठ जना घाइते

बुटवल । प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरमा यात्रुबाहक जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बाग्दुलाबाट गौमुखीतर्फ जाने सडकमा नारीकोटबाट बाग्दुलातर्फ आउँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स जिप ब्रेक फेल भएर सडकमा पल्टिएको हो । जिपमा चालकसहित १४ जना सवार थिए । घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये २८ वर्षीय रबी सुनारलाई थप...

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट पक्राउ

बर्दिया । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका-५ घर भएका २९ वर्षीय कमल रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post Views: 100 13

रेड नोटिस जारी गरिएका प्रतिवादी कतारबाट पक्राउ

एभरेष्ट न्यूज एजेन्सी, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्। धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई उक्त कसूरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेकाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट दुई जना पक्राउ

पाल्पा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनीमा २-२ जना तथा बागमतीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा...

अवरुद्ध विपी राजमार्ग सुचारु

काभ्रे । रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले अविरुद्ध भएको विपी राजमार्ग सुचारु भएको छ ।

बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सुचारु भएय्को छ र यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Post Views: 100 9

नवलपरासीमा माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको विद्युतीय माइक्रोबसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए। घाइते हुनेमा...

जनकपुरधाम-६ का वडा अध्यक्ष शाहको निधन

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन भएको छ ।   वडा अध्यक्ष साहको सोमबार बिहान असामयिक निधन भएको उपमहानगरले जानकारी दिएको छ ।  शाहको निधनप्रति दुख व्यक्त गर्दै आज जनकपुरधाम उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सवै वडा कार्यालयहरु (अत्यावश्यक सेवा: स्वास्थ्य, दमकल, सरसफाई आदि सेवाहरु बाहेक) का सेवाहरु वन्द...

पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका –०४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशीक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।