Author

Srijana Puri

S

मन्त्री र सांसदहरूलाई एकरुपता दिन सभापति लामिछानेले निर्देशन दिने क्रम जारी

काठमाडौं, ३ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग सामुहिक छलफल गरिरहेका छन् । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग सामुहिक छलफल गरिरहेका हुन् । बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित रहेका छैनन् । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारको काम र संसदीय...

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्‍ववन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  प्रधानसेनापति सिग्देलले सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै...

कोलकत्ताको होटलमा आगलागी हुदाँ जलेर ९ को मृत्यु

काठमाडौं, ३ भदौं । भारतमा एक होटलमा आगलागी हुदाँ ९ जनाको जलेर मृत्यु भएको छ ।  गत राती करिब २ बजे कोलकाताको एउटा होटलमा आगलागी हुँदा एक बालक सहित ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन । फ्रि स्कुल स्ट्रिटस्थित ‘होटल तैबा’ मा आगलागी सुरु हुँदा त्यहाँका अधिकांश पाहुनाहरू निद्रामा थिए। होटल भरि धुवाँ फैलिएका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हो। मृतकहरूमा उपचारका लागि सहर आएका...

बालकुमारीस्थित छात्रावासमा खानामा किरा: ३ लाख जरिवाना, छात्रावास सिलबन्दी

काठमाडौँ । बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा खानामा किरा भेटिएपछि ३ लाख जरिवाना गरिएको र छात्रावास सिलबन्दी गरिएको छ । खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको भन्ने गुनासो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले छात्रावासमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २३ जना घाइते भएका छन् ।...

चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या

रौतहट, ३ भदौ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र...

व्यक्तिको कब्जाबाट खोसेर सार्वजनिक जग्गामा पार्क

काठमाडौँ महानगरपालिका वडा नं १० बुद्धनगरमा करिव ८० लाख रुपियाँ खर्चमा निर्माण गरिएको बुद्ध पार्क वडाध्यक्ष एवम् सामाजिक समितिका अध्यक्ष रामकुमार केसी र प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन । 

Post Views: 100 67

रास्वपाको संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ । बैठकमा सरकारका सबै मन्त्री र प्रधानमन्त्रीलाई पनि बोलाइएकोमा संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ । बैठकमा संसदमा रास्वपाका सांसदहरुले खेलेको भूमिकाका विषयमा र सरकारको कामको...

अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले

इस्लामवाद, ३ भदौं । सर्वोच्च अदालतले मंगलबार सरकारलाई आदेश दिँदै जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई आगामी दुई दिनभित्र इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सार्न निर्देशन दिए लगतै नौ महिनापछि आफ्नी बहिनी नुरिनलाई भेटेका छन ।  सर्वोच्च अदालतको आदेश पछि उनले अडियाला जेल पुगेर दाजु इमरानलाई भेट गरेकी हुन् । अदालतको आदेशसँगै पूर्वप्रधानमन्त्री खानलाई अस्पताल...

अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु

पाल्पा । सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो जादा अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।

माथिबाट खसेको पहिरो हटाएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग बुधबार बिहानै देखि पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

Post Views: 100 109

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।