धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले एक हजार २४० किलो ६ सय ग्राम गाँजासहित ट्रक बरामद गरेको छ । गएराति करिब ११ बजे कोशी लोकमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई जाँचका लागि रोक्न खोज्दा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए । शंकास्पद लागेपछि ट्रक जाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ठूलो...










