Author

Srijana Puri

S

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, २२ जेठः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दा बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा...

दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

दार्चुला, २२ जेठः विद्युत् भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल बनेका छन् । महाकाली नगरपालिका–९ को बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वडा नं १ को श्रीबगडसम्मको मुख्य राजमार्गमा सौर्यबत्ती जडान गरेपछि रातिको आवतजावत सहज बनेको हो । सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानमा नगरपालिकाले सौर्य ऊर्जामार्फत सडक बत्ती जडान गरेको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली, २२ जेठः धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालुु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका...

विश्व वातावरण दिवसका अवसरमा विष्णुमती नदी किनारस्थित लखतीर्थमा वृक्षरोपण

काठमाडौँ, २२ जेठः विश्व वातावरण दिवस–२०८३ का अवसरमा विष्णुमती लखतीर्थ मार्ग करिडोरमा विरूवा रोपिएको छ । काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा विभिन्न जातका करिब १०० बिरुवा रोपिएको थियो । कार्यक्रममा वडा नं १२ का अध्यक्ष एवं महानगरपालिका वातावरण समिति संयोजक बालकृष्ण महर्जन, वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र वडा नं १९ का अध्यक्ष राजेश...

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौँ, २२ जेठः भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो...

चिनियाँ सहयोगमा पुस्तकालय स्थापना

काठमाडौँ, २२ जेठः दोलखाको गौरीशङ्कर माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका साथै चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चीनको विकास तथा नेपाल–चीन सम्बन्धबारे जानकारी लिन चाहनेहरूका निम्ति उपयोगी हुने ठानिएको नवस्थापित पुस्तकालयमा चिनियाँ संस्कृतिसम्बन्धी सामग्री तथा चिनियाँ विषयवस्तु समेटिएका नेपाली भाषाका पुस्तक राखिएका छन् । अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा बिहीबार चीन...

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ, २२ जेठः राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो । उहाँले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताउनुभयो । उहाँका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन गरेको छ । तीमध्ये...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), २२ जेठः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताउनुभएको छ । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद् भएको बताउनुभयो । “हाल खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा...

श्रमदान गरेर बनाएको खेल मैदानलाई रङ्गशाला बनाइँदै

ढोरपाटन (बागलुङ), २२ जेठः तमानखोला गाउँपालिका–३ तमान गाउँमा स्थानीयले २०६७ सालमा श्रमदान गरेर बनाएको खेलमैदानलाई रङ्गशालामा रुपान्तरणको प्रयास थालिएको छ । गाउँमा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि उक्त खेल मैदानलाई रङ्गशालाका विस्तार गर्न स्थानीय जुटेका छन् । रङ्गशाला निर्माणका लागि रु सात लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर प्रारम्भ भएको रङ्गशाला निर्माणमा गाउँपालिका...

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ, २२ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का विशाल भण्डारीलाई पक्राउ गरिएको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट लागुऔषध खैरो हेरोइनसहित...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।