Author

Srijana Puri

S

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ), २७ जेठः यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो । यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ । हालै सम्पन्न तालिमपछि...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ, २७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप...

आलेखः सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ, २७ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उहाँलाई छ । उहाँ...

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी, २७ जेठः यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् ।यहाँ शिक्षक—कर्मचारीको सङ्ख्या पनि तीन नै रहेको छ । स्थायी दरबन्दीका...

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली, २७ जेठ: मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो । फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर, २७ जेठः वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ । नगरपालिकाको...

हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

मध्यविन्दु (नवलपरासी), २७ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

गलकोट (बागलुङ) २७ जेठः बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक...

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

महोत्तरी, २६ जेठः दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो । तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा...

कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा

नेपालगन्ज, २६ जेठः बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि व्यावसायिक रूपमा माटोको प्रयोग गर्दै आएका उनीहरूलाई माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारले जानकारी दिनुभयो । पेसा नै सङ्कटमा परेपछि कुम्हार समाजका प्रतिनिधि तथा अगुवाको टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिकाका...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।