Author

Srijana Puri

S

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ, २८ जेठः शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ । केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुग्नुभएको छ ।...

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी, २८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना...

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

काठमाडौँ, २८ जेठः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग...

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर, २८ जेठः भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा...

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

धरान (सुनसरी), २८ जेठः सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित...

सेती पुलको दोस्रो पटक म्याद थप

कास्की, २८ जेठः पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का...

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।...

रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन

काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।...

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

बेनी (म्याग्दी), २८ जेठः जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो...

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

इलाम, २८ जेठः फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।