काठमाडौँ, २९ जेठः काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गर्नुभएको छ । बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनमा सहरको मुहारमात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँमा कसरी व्यवस्थापन भइरहेका छन्, त्यो पनि हेरेर...










