Author

Srijana Puri

S

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

गोदावरी (कैलाली), ४ असारः कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी रु ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी...

विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थालेपछि …

कञ्चनपुर, ४ असारः वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने, हुरी र विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ । वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा तीव्र रूपमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै...

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर, ४ असारः यहाँको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो । गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार रु ३१ लाख ७२...

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा, ४ असारः जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ”, उहाँले भन्नुभयो, “अब प्रमुख...

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की, ४ असारः निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना...

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

बागमती, ४ असारः बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ । तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार...

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक, ४ असारः स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी...

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

राँझा (बाँके), ४ असारः बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाहै्र महिना नहरमा नियमित पानी छोड्ने गरेको छ । किसानको मागअनुसार सिंँचाइको अभाव हुन नदिन नहरमा बाहै्र महिना नियमित...

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी, ४ असारः उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो । कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धौलागिरि गाउँपालिका–३ मुनाका ६० वर्षीय...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धरान (सुनसरी), ४ असारः साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन् । कतिपयले त किबी, आलु, सिमी र बोडीका झोला गाडीको डिक्कीमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।