Author

Srijana Puri

S

आज अन्तरराष्ट्रिय योग दिवस

काठमाडौँ, ७ असारः ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरीे देशभर मनाइँदै छ । अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय...

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी, ७ असारः सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन...

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर, ७ असारः यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ । धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ ।...

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

बेनी (म्याग्दी), ७ असारः अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको सङ्घर्षका कथाबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ । सडक पूर्वाधारको विस्तारसँगै धवलागिरिका दुर्गम गाउँबस्तीमा विकासका...

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

घोराही (दाङ), ७ असारः दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो । गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त...

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

धरान (सुनसरी), ७ असारः “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका विकास खड्काले भन्नुभयो । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उहाँले बताउनुभयो । पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल...

आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती

झापा, ७ असारः मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उहाँका दुई पत्नी सोही आश्रममा बस्नुहुन्छ । दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो । दानबाट बनेको आश्रममा असहायका लागि सुविधाजनक आवासगृह छ । त्यहाँ १९ वर्षका युवादेखि...

‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण

काठमाडौँ, ७ असारः चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षा संस्कृतिले चलचित्रलाई सही दिशातर्फ डोहोर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को...

रास्वपा महाधिवेशन आजदेखि

भरतपुर (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र...

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

कास्की, ७ असारः पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए । पोखरा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।