Author

Srijana Puri

S

आजदेखि खोखो प्रतियोगिता

काठमाडौँ, ९ असारः काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलो पटक विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा पहिलो पटक महानगरपालिकाव्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्न...

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

जानकी (बाँके), ९ असारः पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले चार...

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

काठमाडौँ, ९ असारः कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिनुभयो । यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक चाम्सले यसले आफूलाई अवसर र चुनौतीसँगै दिएको बताउनुभयो । “यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै...

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

टीकापुर (कैलाली), ९ असारः कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो । पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र...

विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

ताप्लेजुङ, ९ असारः ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो । विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका...

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

टीकापुर (कैलाली), ८ असारः सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे । जति उपचार गर्दा पनि निको नभएपछि बाँकेको नेपालगन्ज उपचारमा गएका भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती, ८ असारः लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।...

रैथाने गाई सङ्कटमा

म्याग्दी, ८ असारः म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ । विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए । सात वडा रहेको धवलागिरिमा हाल गाई चार हजार ४११, भैसी...

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

डुम्रे (तनहँु), ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक...

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर, ८ असारः पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् । मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।