Author

Srijana Puri

S

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी, १५ असारः पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर...

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा, १५ असारः असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ । भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५०...

उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

गाईघाट (उदयपुर), १५ असारः चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।...

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

तुलसीपुर (दाङ), १५ असारः तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ । संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।”...

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

बेनी (म्याग्दी), १५ असारः मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो । बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवतजावतमा समस्या भइरहेको समयमा कालोपत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित...

‘खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यशाला’ सम्पन्न

कर्णाली, १४ असारः कर्णालीमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना र गुणस्तरसम्बन्धी तीनदिने कार्यशाला’ सम्पन्न भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्याशाला आज सम्पन्न गरेको हो । तीनदिने कार्यशालामा मन्त्रालयका सचिव डा योगेन्द्र मिश्रले जलवायु परिवर्तनका कारण मानवले भोग्नुपरेका...

तिनाउको बाढीमा फसेका युवकको उद्धार

सिद्धार्थनगर (भैरहवा), १५ असारः बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा...

पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्

टीकापुर (कैलाली), १४ असारः एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेलाको दृष्टिले हेर्ने भएकाले आफू बसेको भन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको उनीहरु बताउँछन् । लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउनुहुन्छ । लम्कीचुहा अस्पतालमा पनि एआरटी सेन्टर...

विकट बस्तीमा निःशुल्क आँखा शिविर

दोधारा चाँदनी (कञ्चनपुर), १४ असारः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिुनभयो । उहाँका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ६१ जनालाई निःशुल्क चश्मा उपलब्ध...

डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा), १४ असारः मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।