Author

Srijana Puri

S

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती, १७ असारः बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको...

पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण

भद्रपुर (झापा), १७ असारः नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो । पर्यटन कार्यालय...

गौरवका आयोजना निर्माणमा ढिलाइ

गण्डकी, १७ असारः आठ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको औद्योगिक क्षेत्रको वातावरणीय...

बागलुङमा कुकुरलाई ‘होस्टेल’

गलकोट (बागलुङ), १७ असारः बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो । पचास वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो...

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

काठमाडौँ, १७ असारः नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा पण्डितले मौद्रिक नीति आउनुअघि हुने...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १७ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर...

उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन

काठमाडौँ, १५ असारः सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असार १४ गते काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन...

आलेख– पनौती हिलेजात्रा : यौनिकताको दर्साउने अनौठो परम्परा

काभ्रेपलाञ्चोक, १५ असारः हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत...

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ, १५ असार : पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । ‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका...

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

काठमाडौँ, १५ असारः राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ । आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उहाँले भन्नुभयो, “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।