Author

Srijana Puri

S

सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर, २२ असारः सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ । हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त...

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी, २२ असारः म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी रु तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले...

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ, २२ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् । साथै...

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

तुलसीपुर (दाङ), २२ असारः अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उहाँलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा...

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

सिद्धार्थनगर (भैरहवा), २२ असारः मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ । विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबीच...

आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २२ असारः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।...

सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन

ढोरपाटन (बागलुङ), २२ असारः बागलुङ नगरपालिका–६ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ७४ लाख र स्थानीयको रु पाँच लाखबराबरको जनश्रमदान गरी रु ७९ लाखमा भवन निर्माण गरिएको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गत वैशाख पहिलो साता...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी, २२ असारः आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताउनुभयो । पोखरा–दुबई उडानलाई...

बागरमा खानेपानीको समस्या

तुलसीपुर (दाङ), २२ असारः दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ । त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गर्नुभयो । “पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा...

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै

काँक्रेविहार (सुर्खेत), २२ असारः पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ । पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।