Author

Srijana Puri

S

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर, २४ असारः कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी...

अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौँ, २४ असारः इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो । खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल...

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ, २३ असारः पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो । विभागका प्रवक्ता...

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी, २३ असारः महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । दुवै उद्योगमा गरेर...

रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ

नारायणगढ (चितवन), २३ असारः चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ । कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनुपर्ने निर्णय मन्त्रालयस्तरबाट स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको हो । डिभिजन वन कार्यालय चितवनका अनुसार कृष्णसार खुला घाँसे मैदानमा बस्न...

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

नवलपुर (नवलपरासी), २३ असारः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात् यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् । बुलिङ्टार गाउँपालिका-१ की पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

काँक्रेविहार (सुर्खेत), २३ असारः कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भन्नुभयो, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको...

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

जुम्ला, २३ असारः कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ । कार्यालयले तिला गाउँपालिका-४ मा रु १४ लाख २८ हजार अनुदान रकम र तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरिएको हो । पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक सयभन्दा बढी किसान लाभान्वित भएका कृषि विकास कार्यालयका प्रमुख रामभक्त...

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

कञ्चनपुर, २३ असारः शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो । प्रदेशका...

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

दमौली (तनहुँ), २३ असारः नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो । भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार यहाँ सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।