दाङ, २४ असारः विषादी बिक्रीवितरण, भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ । ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१’ का अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री, भण्डारण वा व्यावसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था छ । इजाजतपत्रको अवधि तीन वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ वा कृषि र...










