Author

Srijana Puri

S

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, २९ असारः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

फिक्कल (इलाम), २९ असार : मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि...

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी, २९ असारः बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बेनी नगरपालिकाले हरेक...

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

दामैली (तनहुँ), २९ असारः असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल...

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ असारः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा...

पूर्वाधार विकासमा अग्रसर व्यास

दमौली (तनहुँ), २९ असारः व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति...

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ, २९ असारः निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो । कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको...

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

फिक्कल (इलाम), २९ असारः इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उहाँ ड्रागनको रेखदेख गर्न लागिपर्नुहुन्छ । सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उहाँले उक्त...

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

ढोरपाटन (बागलुङ), २९ असारः तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो । चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् । मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन्् । गाईभैँसी बाँध्ने...

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी

इनरुवा(सुनसरी), २९ असारः उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिनुभयो । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गर्नुभएको थियो भने काफ्लेले ७४३ मत प्राप्त गर्नुभएको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।