चितवन, २९ असारः बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन् । हात्तीले रिस साँध्ने र वैमनश्यता राख्ने भए पनि यो कति समयसम्म रहन्छ भन्ने यकिन हुन सकेको छैन । ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३...










