Author

Srijana Puri

S

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

ढोरपाटन (बागलुङ), ३० असारः राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ । तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो । तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो...

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर, ३० असारः पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका...

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत, ३० असारः पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकीको बहाव बढेपछि...

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

काठमाडौँ, ३० असारः लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, ३० असारः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु...

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ, ३० असारः हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश...

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा, ३० असारः समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ । कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ...

भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र

लमजुङ, ३० असारः गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ । कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ । चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने...

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

कञ्चनपुर, ३० असारः डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् । नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन...

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

गण्डकी, २९ असारः सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ । महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।