Author

Srijana Puri

S

ट्राफिक प्रहरीले जरिवानाबाट कमिसन पाउदैन- प्रहरी प्रधान कार्यालय

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू गलत भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले काट्ने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि...

संसदमा ‘ट्रक साहित्य’ उल्लेख गर्दै रिमा विश्वकर्माको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले‘ट्रक साहित्य’ मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले आत्मदाहका घटना बढेको प्रति सरकारको ध्यानाकर्षण गराउदै ट्रक साहित्य स्मरण गराएकी हुन् ।  उनले भनिन्- ‘एक्सप्रेस वे मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु । हतार गरे भन्न...

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउः

बुटवल, ३० असार। भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना -यूएस नेभी_ तथा स्पेशल फोर्सका पूर्व सैनिक भएको दाबी गरेपछि घटनाले थप रहस्य उत्पन्न गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ३६ वर्षीय जर्डन ब्राउनलाई सशस्त्र सीमा बल -एसएसबी_ ले गत तीनदिन अघि सोनौली थाना क्षेत्रको मैनहवा नजिक गस्तीका क्रममा...

तेक्वान्दो खेलाडी वैभवीले चीनमा प्रतिष्पर्धा गर्ने

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा हुने हाइनान कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएकी छन् । हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रंगशालामा हुने सो प्रतियोगिता गाओशोहुई स्पोर्ट्स ट्रेनिङ कर्पोरेसनले आयोजना गर्न लागेको हो । ११ वर्षीया वैभवीले चीनमा क्योरुगी र पूम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् । साउन ९ देखि शुरु हुने सो...

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक...

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान (सुनसरी) ३० असारः धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उहाँ श्रीमान् राम सुनुवारलाई सम्झिनुहुन्छ । तीन वर्षअघि यही पुलबाट लडेर गम्भीर घाइते भएका उहाँका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उहाँको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन । विसं २०८० चैतमा...

उत्पादनमा आधारित अनुदानले किसान उत्साही

म्याग्दी (बेनी), ३० असारः बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ । पचासवटा गाईभैँसीको स्याहार, दूध दुहुनु, बजारसम्म पुर्याउनु र फार्म व्यवस्थापनमै दिन बित्छ । जसबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । तर, पछिल्लो समय उहाँ सन्तुष्टसँग उत्साही र थप आशावादी बन्नुभएको छ । कारण हो, अनुदान । अहिले उहाँलाई अनुदानका लागि कार्यालय धाउनुपर्दैन, उत्पादनले नै उहाँको मिहिनेतको मूल्य...

बालमैत्री विद्यालय निर्माणमा कोञ्ज्योसोमको अग्रसरता

कोन्ज्योसोम (ललितपुर), ३० असारः शिक्षाको पहुँच र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासमध्येको एक हो–बालमैत्री विद्यालयको अवधारणा । यसले विद्यालयको न्यूनतम र अपेक्षित मापदण्डहरू तय मात्रै गरेको छैन, विद्यालयको विकासमा सरोकार भएका पक्षहरुको भूमिकालाई पनि किटान गरेको छ । अभिभावकहरुले बालबालिकाको पढाइप्रति कसरी चासो बढाउने, समुदायले विद्यालयको विकासमा कस्तो भूमिका खेल्ने र विद्यालयले आफ्नो...

ज्ञानेन्द्र शाहीले दिए गृहमन्त्री गुरुङलाई जवाफ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्युको घटनामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले नेपालीको मृत्यु प्रकरणमा राजनीति गरेको बताउदै जनताको अधिकारको कुरा गर्दा र कानुनको पालना गर भन्दा राजनीति गरेको नहुने बताएका हुन् ।  गृहमन्त्री गुरुङलाई कर्णालीको भीरमा...

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध 

काठमाडौं, ३० असार। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडी शंकास्पद रूपमा राखिएको गाडीको बिषयमा आज संसदमा कुरा उठेको छ । कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी अनधिकृत गाडी पार्किङ गरिएको बिषयमा संसदमा प्रश्न उठेको हो । आज संसदमा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश ठगुन्ना र नेकपाका सांसद रमेश मल्लले सो बिषयमा प्रश्न उठाइयो । ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।