पेरिस, २४ साउन । दोस्रो विश्व युद्धयताकै सबैभन्दा बढी क्षति पुर्याउने गरी यस वर्ष फ्रान्समा डढेलो लागे पछि धेरैले एउटै प्रश्न गरिरहेका छन्, किन र कसरी ? यसको एउटा मुख्य कारण मानव गतिविधिद्वारा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको जलवायु परिवर्तन हो। यसले गर्दा तापक्रम निरन्तर बढिरहेको छ। तर, फ्रान्समा लाग्ने १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने गरेको तथ्याङ्कले देखाउँछ। यसैले...










