Author

Jayanti Shiwakoti

J

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा नेपा लकै पहिलो पटक बन्न लागेको ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटीस्) आर्च’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधिण पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँकाअनुसार ९० प्रतिशत पुल निर्माणको काम सकिएको छ । पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक...

नेपाल र भारत द्विपक्षीय वार्तामा के के विषयमा भयो सहमति ?

काठमाडौँ । नेपाल र भारतबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् । शनिबार भएको भेटवार्तामा दुवै मन्त्रीबीच नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत र सकारात्मक छलफल भएको जनाइएको छ । छलफलमा व्यापार तथा आर्थिक सहकार्य, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत...

रास्वपाको अधिवेशनका लागि संसद बैठक स्थगित गरेको खुस्बु ओलीको आरोप

काठमाडौँ । राप्रपाकी सांसद खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनलाई सहज बनाउन संसद् बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सदनको गतिरोध अन्त्य गर्ने, राजनीतिक सहमति खोज्ने र संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए लामो समयसम्म बैठक स्थगित गर्नुको औचित्य के थियो भन्ने प्रश्न उठाएकी हुन् । उनले संसद् स्थगित भएको...

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको...

गृह मन्त्रालयका १८ सहसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको हो । सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ । सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । त्यस्तै बलराम निरौलालाई अध्यागमन...

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि आवश्यक सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको हो । राष्ट्र बैंकले इच्छुक व्यक्ति, संस्था तथा सरोकारवालालाई आफ्ना राय तथा सुझाव २०८३ असार ५ गतेभित्र आर्थिक...

जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

धादिङ । धादिङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय बिकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

बिकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post Views: 100 17

नियन्त्रणमा लिइएका ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका...

प्रधानमन्त्री बालेनप्रति महानायकको टिप्पणी- देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता हुनुपर्छ

काठमाडौँ । महानायक राजेश हमालले सीमा बारे चलिरहेको बहस बारे टिप्पणी गर्दै देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता र दूरदृष्टि हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले राजनीतिक अस्थिरता र अनिश्चितताको अहिलेको विश्व परिवेशमा नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने...

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।